तेल अभिव (इजरायल) कार्तिक १२,
विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०८ औ जन्म जयन्तीको अवसर पारेर एक बिशेष साहित्यिक कार्यक्रमको आयोजना गर्दैछ ।
यहि अक्टोवर २९, २०१६ को दिन इजरायलको तेलअविव स्थित नेबिसना-२० एनआरएन एनसीसीको कार्यालयमा साहित्य पारखीहरूको जमघटसंगै लक्ष्मी जयन्ती तथा प्रत्यक्ष रचना बाचन पहिलो श्रृखला तथा दिपावलीको शुभकामना आदानप्रदान गर्दै भव्यताका साथ मनाउने विश्व नेपाली साहित्य महासंघ इजरायल जनाएको छ ।
प्रवासी भुमिमा कामको ब्यस्तताको बावजुत पनि नेपाली साहित्यलाई अग्र स्थान दिदै लक्ष्मी जयन्तीको अवसर पारेर हून गईरहेको कार्यक्रमलाई भव्यताका साथ मनाउनका लागी इजरायलमा रहेका सम्पूर्ण नेपाली साहित्य प्रेमीहरूलाई उपस्थितीको लागि सस्थाले अनुरोध गरेको छ |
कार्यक्रम
ठेगाना : नेबिसना-२० एनआरएन एनसीसीको कार्यालयमा
तिमी : २९ अक्टोबर २०१६
समय : १२:३० बजे