एजेन्सी भदौ ३०,
खाना खाएपछि तपार्इंको दिउसो सुत्ने बानी त छैन ? यदि छ भने आजैदेखि सुधार्ने हो कि ? किनकी दिउसो एक घन्टा बढी निदाउनेलाई टाइप २ डायबिटिजको लक्षण भएको जापानी वैज्ञानिकहरुले बताएका छन् ।
३ लाख बढी मानिसमा गरेको बृहत अध्ययनका आधारमा वैज्ञानिकहरुले यस्तो निशष्कर्ष निकालेका हुन् ।
यसअघि बेलायती विज्ञहरुले दीर्घकालिन रोग र डायबिटिजले मानिसलाई दिउसो कमजोर महशुस गराउने र निद्रा लगाउने बताएका थिए । तर, दिउसको सुताईसँग डायबिटिजको सम्बन्धबारे भने उनीहरुले पुष्टि गर्न सकेका थिएनन् ।
तर, जपानी वैज्ञानिकको पछिल्लो अध्ययन अनुसार नसुत्ने मानिसलाई भन्दा दिउसो ६० मिनेट भन्दा बढी सुत्नेलाई टाइप २ डायबिटिजको ४५ प्रतिशत बढी खतरा हुने जनाएका छन् । उनीहरुका अनुसार ४० मिनेट भन्दा कम सुत्नेलाई भने यो डायबिटिजको खतरा छैन ।
सुत्ने शैली
रातमा निन्द्रा बिग्रिदा दिउसो निन्द्रा लाग्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । असन्तुलित निन्द्राले ह्दयघात, स्ट्रोक, मुटुजन्य अन्य समस्या, मेटाबोलिक डिसअर्डर र टाइप २ डायबिटिजको खतरा हुन्छ ।
कामको चाप वा सामाजिक जीवनशैलीका कारण कतिपय मानिसको निन्द्रा असन्तुलन हुन्छ । निन्द्रा कमजोर हुँदा भोक बढी लाग्ने र त्यससले स्वतः टाइप २ डायबिटिज निम्त्याउछ ।
त्यसैगरी कम स्वस्थकर मानिस वा डायबिटिजको प्रारम्भिक चरणमा रहेका मानिस दिउसो धेरै सुत्ने सम्भावना भएको पनि अध्ययनमा उल्लेख छ ।
पूर्व खतराको संकेत
युनिर्भसिटी अफ ग्लासगोका मेटाबोलिक मेडिसियनका प्राध्यापक नभिद साटरले असन्तुलित निन्द्रा र डायबिटिजबीच सम्बन्ध रहेको गहिरो प्रमाण भेटिएको बताए ।
‘डायबिटिजन गराउने खतरनाक तत्वहरुले निन्द्रा पनि गराउँछ । ती तत्वले सुगरको तह बढाउँछ,जुन डायबिटिजको लक्षण हो,’ उनले भने ।
युनिर्भसिटी अफ टोकियोका वैज्ञानिकहरुले गरेको यस बृहत अध्ययन म्युनिखमा आयोजना हुने डायबिटिजको अध्ययनबारे युरोपेली संघको वैठकमा प्रस्तुत गरिने भएको छ । अध्ययनलाई साबधानीपूर्वक हेरिनुपर्ने अन्य विज्ञहरुले बताएका छन् ।