काठमाडौँ असोज १२,
गायिका टीका प्रसाईंको नयाँ गीत 'परें माया जालैमा' को म्युजिक भिडियो सार्वजनिक भएको छ । उदय सोतांगको शब्द तथा संगित रहेको गीतमा टीका प्रसाईंको आवाज सुन्न सकिन्छ l
गायिका प्रसाईंको 'मेलोडी' एल्बममा समावेश यस गीतको भिडियो अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको हो ।
चर्चित निर्देशक प्रसन्न पौड्यालले निर्देशन गर्नुभएको उक्त भिडियोमा शिवानी विश्वकर्माको उत्कृष्ट अभिनय रहेको छ ।
'सेल्फीको जमाना' गीतबाट बढी चर्चामा आएकी गायिका टीका प्रसाईंको 'तिमी भन्छौ भने', 'नतोडन ती बाचाहरु' लगाएत अरु धेरै चर्चित गीतहरु यस अघि नै सार्वजनिक भइसकेका छन् भने एक सय बढी गीतहरु रेकर्ड भइसकेका छन् । जसमध्ये केहि हफ्ता अघि मात्रै सार्वजनिक गीत 'तिमी मलाई मन पर्छ'ले अत्यधिक सफलता पाएको छ । नेपाली गीतसंगीतमा गायिका प्रसाईं एक उदियमान कलाकार हुन् ।
भिडियो हेर्नुहोस्: