गजल(१)
फुलजस्तै फुल्न नसकिने
भमराजस्तै डुल्न नसकिने।
कस्तो यो जिन्दगी मेरो त
कसैसँग नि घुल्न नसकिने।
सबै आफन्तहरू टाढिए
मुटुको घाउ भुल्न नसकिने।
चारैतिर बादलले ढाक्यो
आकाशझैं खुल्न नसकिने।
उजाडिएको वनपाखा भो
लह लह भै झुल्न नसकिने।
गजल(२)
भेटिनु छुटिनु समयको एउटा रित हो
समय संग चल्नुनै जीवनको जित हो ।
प्रकृति पनि त हर बिहानी रूने गर्छ
जस्तै झारपातमा देखिने आँसु सित हो ।
सुखमा त साथी हजार भेटिन्छ होला
तर दुखमा साथदिने नै सच्चा मित हो ।
सुन्दा कर्णप्रिय ह्रदय स्पर्शी छ भने
त्यही नै सदावाहर वास्तविक गित हो ।
आँसुपिएर बाँच्ने हरूलाई केहिगर्नु पर्छ
त्यो पनि समाजको लागि एउटा हित हो ।
सनम गोले