प्रेमबहादुर शाही,
भक्तपुर
नेपालका विश्व सम्पदाहरुको सूचीमा सूचीकृत सम्पदाहरु मध्य भक्तपुर दरवार
पनि एक हो । भक्तपुर सम्दाहरुको सवैभन्दा धनी जिल्ला हो । युनेस्कोले तयार
परोको, म्याप अफ वल्र्ड हेरिटज’ मा भक्तपुर दरवार र चाँगुनारायण दरवार
वरिपरीको क्षेत्र समेत समेटिएको छ । यसले गर्दा आज भक्तपुर नेपालको सवैभन्दा
सानो जिल्ला भएपनि विश्वमाज ठूलो पहिचान दिन सफल भएको छ ।
लिच्छवी राजा
नरेन्द्रदेवले ६९१–७२८) को पालादेखि नै भक्तपुरलाई ३७५ वर्ष नेपाल
मण्डको राजधानी बनाएका थिए । त्यहि समयदेखि भक्तपुरमा विभिन्न प्रकारका
सम्पदाहरुको निर्माण हुन थालेका थिए । यहाँ सुनको ढोका समेत रहेको
लालवैंठको नयाँ भवन मल्लकालीन शैलीमा वनेका भवनहरु छन । भक्तपुरमा
राजमान सिंहले १८४४) मा सिसाकलमले बनाएको बसन्तपुर दरवारलाई अर्थात अहिले
५५ झ्याले दरवार यहाँको सवैभन्दा महत्वपूर्ण, धार्मिक र ऐतिहासिक दरवार
हो ।
पछिल्लो समयमा जिल्लाम रहेका ऐतिहासिक, धार्मिक तथा सँस्कृतिलाई
राष्ट्रिय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरमासम्म चिनिन पुगेको छ । भक्तपुरको दरबार
स्क्वायर, पाँचतले मन्दिर र दत्तात्रय मन्दिर आसपास दिनहुँ हजार भन्दा बढी
आन्तरिक तथा वाह्य पर्यटक आउँछन । उनीहरुले त्यस क्षेत्रमा रहेका मौलिक काल,
सँस्कृतिलाको विशेष अवलोकसँगै अनुसन्धान गरिरहका हुन्छन । कलात्मक रुपमा
कुदीएका विभिन्न आकारका चित्रहरुले मन लोभ्याउन गर्दछ । सम्पदा क्षेत्रमा भित्रने
वित्तिकै मानिसहरु ढुङ्गेयुगमा पुगेको भान हुने गर्दछ । जसले गर्दा उनीहरुको
सोचमा नै परिर्वतन ल्याउने गर्दछ । यस्तो कलात्मक सीप भएका मानिसहरुलाई
भेटपाएको भए जीवनमा गर्नु पर्ने एक काम पूरा भएको अनुभूर्तिहुने गर्दछ ।
भक्तपुरको केन्द्र दरबार स्क्वायरले सिङ्गो जिल्लाको अतित्वलाई बचाएको छ ।
त्यसैल भक्तपुर मुलुकका ७५ जिल्लामध्यय सबैभन्दा उत्कृष्टमा जिल्लामा
दरिएको छ । भक्तपुरालाई सम्पदाको खुल्ला संग्रहालय उपनामले पनि चिनिने
गरिएको छ । क्षेत्रफलको हिसावले १ सय १९ वर्ग किलोमिटर मात्र छ । वि.स. २०६८
सालको तथ्य अनुसार यहाँको जनसंख्या ३,०३,०२७ रहको छ । जस मध्येय ९७०१
जनसंख्या विदेशमा रहेका छन । वाषिर्क जनसंख्या वृद्धिदर २.९६ जनघनत्व
२५४६ घरधुरी ५०,०८६ घरपरिवार ७३,०८४ साक्षरता ८८ प्रतिशत गरिबीको रेखामुनिको
जनसंख्या २९.९ प्रतिशत मानव गरिबी सूचाङ्क २९.९ जिल्ला आयस्रोत बालुवा र ढुङ्गा
खानी औसत आयु ७१.३३ अस्पताल संख्या १० रहेको छन । यसको परिचय यतिमै सीमित
छैन ।
ऐतिहासिक सम्पदा र संस्कृतिले चिनाएको भक्तपुरलाई मन्दिरको सहर समेत
भन्ने गरिएको छ । यहाँको जिब्रो छेड्ने, सिन्दूर जात्रा,ै बिस्केट जात्रा
भक्तपुरको अर्को मौलिकता हो । जुजुधौँको अन्तर्राष्ट्रिय रूपमा चर्चा रहेको
छ । भक्तपुर र मध्यपुरको कुमालेले बनाएका माटाका भाँडा अन्तर्राष्ट्रिय
बजारमा बिक्री हुन्छ । स्वदेशी माटोले विदेशी डलर भित्रयाएको छ ।
भादगाउँले टोपी भन्ने बित्तिकै जो कोहिले भक्तपुर जिल्लालाई सम्झने
गर्दछन । काठमा कुँदिने बुट्टाले भक्तपुरलाई सिंगो काष्टकलाको रूपमा
चिनाएको छ । त्यसैले पछिल्लो समयमा भक्तपुरमा बसाइँ सरेर आउने मानिसहरु
को संख्या निकै बढेर गएको छ । तीन दशक अघि चीन सरकारले विस्तार गरिदिएको
अरनिको राजमार्गलाई जापान सरकारले फराकिलो बनाई दिएपछि झनै
भक्तपुरमा हैसेमा होस्टे थपिएको थियो । दुई लेनमात्रै भएको सडक विस्तारपछि
६ लेन गरिएको थियो । सडक बिस्तारपछि झनै आर्थिक प्रगति उच्च स्थानमा पुगेको
छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण मानिसहरुको
पहिलो अवलोकन रोजाइँको स्थान बनेको छ । घाम उदाएर अस्ताएको हिमाली
दृश्यमा रमाउँन पाउँनु पर्यटकहरूको अर्को रोजाइँ रहको छ । यसरी
सम्पदाहरुको सहर मनेर विश्वमा कहलिरहेको भक्तपुर जिल्लालाई पटक÷पटक
वि.स. १८६६, वि.स. १८९१, वि.स. १९९० र वि.स. २०७२ सालमा आएको भूकम्पले
धेरै नै क्षेत्री पु¥यायो छ । पुरातत्व विभागका अनुसार भक्तपुरका ७८ साँस्कृतिक
सम्पदा ध्वस्त भएका तथ्य रहेको छ । तर पनि ती सम्दाहरुको महत्वमा कुनै कमि
आएको छैन । भक्तपुर सम्पदाको सहर मात्र नभएर देशकै सुन्दर सहर पनि भन्ने
गरिएको छ ।