एजेन्सी साउन ९,
गर्मीको मौसममा सामान्यतया बच्चाहरुलाई पातलो कपडाले ढाक्ने गरिन्छ । तर बच्चाहरुलाई गुडाउने बेबी सिटरको पर्दाले बच्चालाई ढाक्दा यसले गम्भीर असर गर्ने वैज्ञानिकहरुले बताएका छन् ।
यस कपडाले बच्चालाई ढाक्दा अत्यधिक तापक्रम हुने र बालबालिकामा अकस्मात मृत्युको खतरा (सडन इन्फेन्ट डेथ सिन्ड्रोम) हुने वैज्ञानिकहरुले बताएका हुन् । स्टकहोमको अस्ट्रिड लिन्डग्रिन बाल अस्पतालका वैज्ञानिकले बताएका हुन् ।
यसबाहेक मुसलमानले मुखमा लगाउने बुर्का जस्तो पातलो कपडाले समेत शरिरमा अत्यधिक मात्रामा तापक्रम बृद्धि हुने वैज्ञानिकहरुले बताएका छन् ।
स्वीडिस अनुसन्धानकर्ताले मुस्लिम लुगा वा बेबीसिटरको लुगाले शरिरमा वायुको प्रवाह घटाउने र शरिरमा तीब्र ताप आउने वैज्ञानिकहरुले बताए । घाममा राखिएको बेबी सिटरको तापक्रम बाहिरी वातावरण भन्दा १० डिग्री बढी हुने उनीहरुले बताएका छन् । घाम लाग्दा बेबीसिटर थर्मो जस्तै तातो हुन्छ । यसभित्र हावाको खराब प्रवाह हुन्छ ।
बच्चाहरुलाई अत्यधिक तापमा राख्दा उनीहरु पुनः कोखमा फर्केको अनुभव गर्छ र श्वास प्रश्वास रोकिन सक्छ । गर्मीका दिनमा सकभर सिटरको कपडा नछोप्न वैज्ञानिकहरुले जोड दिएका छन् ।
स्रोत: बीबीसी