गज़ल : By, कोमल भट्ट
मन रमाउने सहर टाढियो
वतन टाढिॅदा रहर टाढियो
कठिन भो सधैँ विरह उर्लिंदा
मगनमस्तको पहर टाढियो
दिनहुँ थुप्रिए जटिलताहरू
यश कमाउने ठहर टाढियो
रहनु के गरी अधिक गन्धमा
कलकलाउँदो नहर टाढियो
शिथिल भैसके मधुर चाहना
सुख र चैनको लहर टाढियो
(६ अक्षरमा विश्राम)
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका