चितवन ०४ जेठ ,
चितवनका क्रियाशिल युवा पत्रकार शिशिर सिंखडाले प्रेस चौतारी नेपालको
यही जेठ ६ देखि ८ गते सम्म काठमाडौंमा हुने आठौं केन्द्रीय
महाधिवेशनमा ३ नम्वर प्रदेशबाट केन्द्रीय सदस्यमा दिने भएका छन ।
चितवनमा विगत १७ बर्ष देखि निरन्तर क्रियाशिल पत्रकार सिंखडा रेडियो
नेपालका चितवन संवाददाता,पारदर्शी दैनिक र आभाष टेलिभिजनका
समाचारदाता समेत रहेका छन । प्रेस चौतारी चितवनको निर्वतमान उपाध्यक्ष
सिंखडाले आठौं महाधिवेशन सम्म आईपुग्दा केन्द्रीय स्तरमा
चितवनको प्रतिनिधित्व अहिले सम्म नभएको भन्दै चितवन केन्द्रीय स्तर
सम्म पुग्न आठौं महाधिवेल सहयोगी सावित हुने बताए ।
देशकै
मध्ये भागमा रहेको चितवनका पत्रकारहरुले प्रेस चौतारीको केन्द्रीय
भेला,पत्रकार महासंघको साधारण सभा,सुचना विभाग द्धारा आयोजित विभिन्न
कार्यक्रम समेत भव्य रुपमा सम्पन्न गराई सकेका छन । पत्रकार
सिंखडालाई प्रदेश नं.३ को तर्फबाट केन्द्रीय सदस्यमा विजयी
गराउन हामीलाई देश भरका पत्रकारहरुको साथ र सहयोग चाहिएको
पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले बताए ।
चौतारीको
केन्द्रीय अध्यक्षमा गणेश बस्नेत र माधव नेपाल,महासतिवमा गणेश
पाण्डे र राजेश दाईमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन ।