जेन्सी, वैशाख ३० ,
बुधबार रातभरि चलेको बहसपछि ब्रजिलको सिनेटले राष्ट्रपति जिल्मा रुसेफ विरुद्ध महाअभियोग लगाउने पक्षमा मतदान गरेको छ।
सिनेटका ५५ जना सदस्यहरुले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने २२ जनाले विपक्षमा मतदान गरे ।
देशकी पहिलो महिला राष्ट्पति रुसेल अब तत्काल उनको पदबाट निलम्बित हुनेछिन् । उपराष्ट्रपति मिसेल टेमेरले कार्यवाहक राष्ट्पतिको जिम्मेवारी संहाल्नेछन्।
ब्रजिलका सिनेटरहरुले राष्ट्रपति जिल्मा रुसेफविरुद्धको महाअभियोगको प्रस्तावबारे छलफल गर्ने क्रममा उनले वित्तीय कानून तोडेको, नेतृत्व गर्न विफल भएको र अर्थतन्त्रलाई क्षति पुर्याएको आरोप लगाएका थिए।
विपक्षी नेता एसियो नेभेसले रुसेफले देशलाई एक शताब्दीकै “सबैभन्दा नराम्रो संकटतर्फ” धकेलेको आरोप लगाए।
छलफलमा भाग लिने अधिकांश सिनेटरहरुले महाअभियोग प्रस्तावप्रति पूर्ण समर्थन जनाएका थिए । अब रुसेल विरुद्ध उनले देशको वास्तविक बजेट घाटाको तथ्याङ्क लुकाएको भन्ने लगायतका आरोपहरुबारे सिनेटमा सुनुवाइ हुनेछ।
आफू विरुद्धको महाअभियोगको प्रस्ताव ल्याउने प्रक्रिया निस्तेज पार्न रुसेफले सर्वोच्च अदालतको ढोका समेत ढक्ढक्याएकी थिइन्।
रुसेफले भन्दै आएकी छिन् आफूले राज्यकोषको दुरुपयोग गरेको भन्ने आरोप विपक्षीहरुले आफ्नो वास्तविक उद्देश्य ढाकछोप गर्न चालेको एक चाल मात्र हो । तर उनको निवेदनलाई अदालतले अस्वीकार गरिदियो।
राष्ट्रपति रुसेफ विरुद्ध सन् २०१४ को चुनावअघि व्यापकरुपमा आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । ती आरोपहरु उनले अस्वीकार गर्दै आएकी छिन् । तर आर्थिक संकटहरुका माझ उनी कमजोर देखिन्छिन्।”