काठमाण्डौ बैशाख २३,
सात वर्षअघि चलचित्रमा नआएकी भए खुश्बु खड्का यतिबेला तेक्वान्दो खेलाडीका रूपमा स्थापित भैसकेकी हुने थिइन् ।
करिब तीन वर्ष सक्रिय खेलजीवन बिताएकी सिन्धुपाल्चोककी खुश्बुले यो अवधिमा करिब सातवटै चलचित्रमा अभिनय गरेकी छिन् तर बिडम्बना तीमध्ये जम्मा दुईवटा चलचित्र मात्र प्रदर्शन भएका छन् ।
‘साइनो’ तथा ‘हाम्रो माया जुनी जुनीलाई’ प्रदर्शन भए पनि यी चलचित्रमा खुश्बुलाई दर्शकले खासै नोटिस गररेनन् । ‘सुकुलगुन्डा’, ‘भ्रम’, ‘उडान’, ‘उहिले बाजेको पालामा’ आदि चलचित्रमा समेत अभिनय गरेकी खुश्बुलाई यतिबेला आफूले अभिनय गरेका चलचित्र प्रदर्शन नहुँदाको पिरोलोले सताउन थालेको छ ।
अभिनय क्षेत्रमा लामो समय बिताइसक्दा समेत आफू स्थापित नायिका बन्न नसकेको खुश्बुको बुझाइ छ । यो साता प्रदर्शनमा आउने चलचित्र ‘उहिले बाजेको पालामा’ को आफ्नो आफ्नो अभिनयलाई दर्शकले रुचाउने अनुमान गरेकी खुश्बु आफ्ना चलचित्र समयमै प्रदर्शन नभएकै कारण म्युजिक भिडियोमा समेत सक्रिय हुनुपरेको बताउँछिन् ।_साप्ताहिकबाट;