एजेन्सी जेठ १७,
मलेसियाका एक किशोरको पेटमा जुम्ल्याहा बच्चालाई शल्यक्रिया गरी हटाइएको छ । १५ वर्षीय मोहद जुल सहरिल सैद्दिनको पेटमा उनी जन्मिदा खेरी नै भ्रुण रहेको चिकित्सकले बताएका छन् ।
उनको अवस्थालाई चिकित्सकीय भाषामा फोइटस इन फोइटस बताइन्छ । उनको पेटभित्र राम्रोसँग विकसित नभएको जुम्ल्याहा भ्रुण पाइएको थियो । भ्रुणको कपाल, खुट्टा र लिंगको विकसित भएको थियो ।
उनको उत्तर पश्चिम मलेसियाली राज्य केदामा सफलतापूर्वक शल्यक्रिया गरिएको थियो । ‘मेरो छोराको पेटबाट शल्यक्रिया गरी भ्रुण हटाइएको छ । भ्रुणमा नाक र मुखबाहेक सबै अंग विकसित भएका थिए,’ किशोरकी आमा अहमद भन्छिन् ।
पछिल्लो चार महिनामा किशोरले अत्यधिक पेट दुखेको बताएपछि उनलाई अस्पताल लगिएको थियो । ८० प्रतिशत घटनामा पेटभित्र यस्तो भ्रुण देखिन्छ । तथापी केही विरामीको खप्परमा समेत यस्तो देखिन्छ । पछिल्लो समय शरिरको कुनै अंगभित्र भ्रुण उत्पन्न भएका घटना चौतर्फी देखिन्छ ।
विश्व स्वास्थ्य संगठनले फोइटस इन फेटुलाई एक प्रकारको क्यान्सरको संज्ञा दिएको छ जहाँ ट्युमर पूर्ण विकसित भएको हुन्छ । गत वर्ष पनि बेलायतमा एक बालिकाको पेटभित्र जुम्ल्याहा भ्रुण देखिएको थियो । उनी जन्मिएको केही महिनापछि पेट बेस्सरी फुलेको थियो ।

| फोटो फाइल ; |