जाजरकोट बैशाख २५,
प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको २० वर्षपछि यहाँका तीन दुर्गम ठाउँमा स्वास्थ्य उपकरण पुगेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्लाको लिम्सा, दल्ली, गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी र उपकरणको समस्या हल भएको गृहमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।
मन्त्रालय र विभिन्न निकायसँगको सहकार्यमा यहाँका ती स्थानमा प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य शल्यक्रिया सेवाका सामग्री, ल्याप सेवा, प्रसूति सेवा, जनरल ओपडी सेवा, भिडियो एक्सरे सेवा सुचारु भएको गृहमन्त्री बस्नेतले बताए।
यी ठाउँमा चिकित्सक पुगेर सेवा सुरु गरेको जिल्ला स्वास्थ्य प्रमुख राजेन्द्र जिसीले जानकारी दिनुभयो । वर्षौंदेखि एमबिबिएस चिकित्सकको दरबन्दी भए पनि आवश्यक उपकरण र चिकित्सक नजाँदा यहाँका स्थानीयले सामान्य उपचारका लागि समस्या भोग्दै आएका थिए ।
स्वास्थ्य संस्थामा अहिले आवश्यक उपकरण र चिकित्सक पुगेपछि स्थानीय निकै खुसी भएका छन् । गृहमन्त्री बस्नेतको पहलमा जिल्ला अस्पताललाई ५० श्ययाको बनाउने कार्य अगाडि बढेको जाजरकोट स्वास्थ्य प्रमुख राजन्द्र जिसीले बताए ।
लिम्सा प्राथमिक स्वास्थ्य केन्द्र अधिकांश समय कार्यालय सहयोगीको भरमा चल्ने गर्दथ्यो । दाँत निकाल्ने समस्याका उपकरण नभएका यहाँका स्वास्थ्य संस्थामा विस्तारै सेवा विस्तार हुँदा स्थानीय हर्षित भएका छन् । रासस