गज़ल By, कल्पना पौडेल 'जिज्ञासु '
तोडेर त्यो बन्धन सारा बसाई सरि आउन प्रिय
मलाई छोडी फेरी कतै नजाने गरि आउन प्रिय
किनारमामै बित्यो जीवन पर्खी बस्दा तिमीलाई
बाध्यताको गहिरो सागर छिट्टै तरी आउन प्रिय
मेटाउन आतुर छ मन पिरतीको तिर्सनालाई
आकाश बाट बादल बनी सितमा झरी आउन प्रिय
काउकुती लाग्न थाल्छ मिलनको पल सम्झदैमा
बैशालु त्यो यौवनमा उत्साह भरि आउन प्रिय
टुक्रिएको मनलाई जोडी बिस्वासमा बाँचेकीछु
' जिज्ञासुलाई' खुशीको बिस्कुन छरी आउन प्रिय
कल्पना पौडेल 'जिज्ञासु '
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल