धनगढी बैशाख ११,
विवाह गर्ने प्रलोभन देखाई राखिएको शारीरिक सम्बन्धपछि गर्भ रहदा युवतीले आत्महत्या गरेको खुलासा भएको छ ।
स्थानीय आसिस मोबाइल ग्यालरी पसलमा काम गर्ने २५ वर्षीया मेनकाकुमारी चौधरीलाई पसल सञ्चालकले विवाहको प्रलोभनमा पारी अवैध सम्बन्ध राखेका हुन् ।
प्रहरीले अनुसन्धानका क्रममा पसल सञ्चालक धनगढीका तोहित सिद्दकीले विवाह गर्ने प्रलोभन अवैध सम्बन्ध राखेर गर्भ पतन गर्न औषधि दिएपछि मेनकाकुमारीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीको उदासीपुर गाविस घर भई हाल धनगढीमा बस्दै आएकी मेनका विगत चार वर्षदेखि उक्त मोबाइल पसलमा काम गर्दै आएकी थिइन् ।
धनगढी उच्च माध्यमिक विद्यालयमा समेत अध्ययनरत उनले यही वैशाख २ गते बिहान मोबाइल पसलमै झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
घटनापछि मृतका दाजु परदेशीराम चौधरीले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र विष्टले अनुसन्धानका क्रममा मृतकले प्रयोग गरेको मोबाइलका साथै डेरामा रहेको कापीको खानतलासी गर्दा आत्महत्याको कारण लेखिएको फेला परेको हो ।
मृतकको डेरामा धर्म परिवर्तन गराउन सिकाइने कापीसमेत फेला परेको बताइएको छ । प्रहरीले सिद्दकीलाई पक्राउ गरेको छ । रासस