भोबिन्द्र शाह
बाजुरा, १७ वैशाख ,
बाजुरा जिल्लामा झुण्डिएको अवस्थामा एक जना महिलाको सव फेला परेको छ ।
आटिचौर गाविस वडा नं ७ मैतोला माइती घर भएकी अन्दाजी २० वर्षीया कमला नाथ आटिचौर गाविस वडा नं २ बुढाबाडामा पैयुँको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
कमलाको के कति कारणले मृत्यु भएको हो सो विषयमा अनुसन्धानका लागि प्रहरी चौकी डोगडी र जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलतर्फ प्रहरी निरीक्षक हरिहर सुनारले जानकारी दिनुभयो ।
मृत अवस्थामा फेला परेकी कमला एचआरसी नामक गैर सरकारी संस्था बाजुराअन्तर्गतको खाद्य सुरक्षामा सामाजिक परिचालकको रुपमा कार्यरत थिइन् ।
कमलाले केही महिना अगाडि कैलाशमाण्डौ गाविस वडा नं ७ का मोहन बिष्टसंग दोस्रो विवाह गरेकी थिइन् ।
कमलाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा ल्याउने तयारी भएको मृतकका आफन्तले बताएका छन् ।दैनिकनेपल;

| फोटो फाइल; |