रुकुम, ८ वैशाख ,
पश्चिमी मग्मा–५ की ७२ वर्षीय विष्णुकुमारी खत्रीको हत्या अभियोगमा उनकै कान्छी बुहारी १८ वर्षीया सुनिता खत्रीलाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएको छ ।
सुनिता र विष्णुको माइती जाने विषयमा घरायसी विवाद हुँदा यही वैशाख ५ गते राति सो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अभियुक्त सुनिताका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरबमा रहेकाले सासु बुहारीबीचमा बेला बखत घरायसी विवाद हुने गरेको थियो ।
उक्त दिन पनि बुहारीले “माइती जान्छु” भनेपछि सासूले फलामको चिम्टीले हिर्काएपछि आफूबाट घाँटी थिचेर हत्या भएको स्विकारेको प्रहरी नायब निरीक्षक रुपेश खड्काले जानकारी दिए ।
अभियुक्त सुनितालाई थप अनुसन्धानका लागि जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद थप गरिएको छ ।
उनकी नौ महिनाकी छोरी पनि उनकै साथमा प्रहरी हिरासतमा छिन् । रासस