लिबिया, ७ वैशाख ,
भूमध्य सागरमा डुंगा पल्टिँदा पाँच सय आप्रवासीको मृत्यु भएको छ । डुंगामा सवार ४१ जना भने पौडिएर ज्यान जोगाउन सफल भएका छन् ।
आप्रवासीलार्इ एउटा डुंगाबाट अर्कोमा सार्ने क्रममा डुंगा पल्दिँदा ५ सय जनाको मृत्यु भएको पौडिएर बाँच्न सफल आप्रवासीहरुले बताएका छन् । लिबियाको तटीइ शहर टोबरुकबाट इटाली जान चढेको डुंगा भूमध्यसागरमा डुबेको बीबीसीले जनाएको छ ।
बाँच्न सफल भएका आप्रवासीलाई ग्रिसको दक्षिणी शहर कालामाटामा राखिएको छ । बाँच्न सफल भएका आप्रवासीले डुंगा डुब्दा पाँच सय जनाको ज्यान गएको बताएपनि त्यसको आधिकारिकरुपमा पुष्टि हुन भने बाँकी छ ।
इजिप्टको कायरोमा रहेको सोमालियाको दूतावासले ज्यान जानेको संख्या चार सयभन्दा धेरै हुन सक्ने जनाएको छ । यो वर्ष अहिलेसम्म एक लाख ८० हजार भन्दा धेरैले समुद्री मार्ग भएर युरोप जान खोजेको र त्यसक्रममा ८ सय जनाको ज्यान गएको राष्ट्रसंघले जनाएको छ ।
युरोपियन संघको सीमा एजेन्सी फन्टेक्सका अनुसार पटिल्लो महिनामा झन्डै १० हजार आप्रवासी इटाली जान कोशिश गरेका थिए ।
गत वर्ष पनि आप्रवासी चढेको डुंगा लिबिया र लाम्पडुसा द्वीपको बीचमा समुद्रमा डुबेको थियो । जसमा परी लगभग ८०० जनाको मृत्यु भएको थियो ।