नवलपरासी चैत्र २६,
नवलपरासीको कावासोतीमा १३ बर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने ३ जना अभियुक्त अझै पक्राउ पर्न सकेका छैनन् । बलात्कारीलार्इ पक्राउ गर्न प्रहरीले तदारूकता नदेखाएकाे भन्दै स्थानीय महिला अधिकारकर्मीले अान्दाेलन सुरू गरेका छन् ।
गत चैत्र १८ गते साँझ बालिकामाथि सामुहिक बलात्कार भएको थियो । बालिकालाई बलात्कार गर्ने ३ जना अभियुक्तको नाममा पीडितका आफन्त र स्थानीयले किटानी जाहेरी दिएको भए पनि उनीहरु अझै पक्राउ पर्न सकेका छैनन् ।
यसैबीच बालिका बलात्कारको आरोपीलाई पक्राउ र कारबाहीको माग गर्दै शुक्रबार महिला अधिकारकर्मीहरुले कोवासोतीको सडकमै पत्रकार सम्मेलन गरेका छन् ।
पत्रकार सम्मेलनमा तीन दिन भित्र दोषीलाई कारवाही नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ। कावासोतीको फलफूल चोकमा पत्रकार सम्मेलन गरिएको थियो ।
उनीहरुले दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउनु पर्ने, बालिकाको स्वास्थ्य अवस्था विगि्रएकाले निशुल्क उपचारको व्यवस्था हुनुपर्ने, पीडित परिवारलाई पीडकका आफन्तहरुले मानसिक तनाव दिने गरेकोले पीडितका परिवारको संरक्षण र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायतका माग गरेका छन् ।
संयुक्त संघर्ष समितिका संयोजक सरिता लामिछानेले दोषीलाई कारवाही गर्न प्रहरी, प्रशासनले तदारुकता नदेखाएको भन्दै सक्रिय भएर लाग्न समेत प्रहरी प्रशासनलाई आग्रह गरिन् ।(अनलाइनबाट)