बुधबार फागुन १९,
मेकअपले कुटपिटको चोट छोप्ने गरेको खुलासा
सम्बन्ध विच्छेदको मुद्दा लडिरहेकी बलिउड अभिनेत्री करिष्मा कपुरको यस मुद्दामा नयाँ तथ्य बाहिरिएको छ। नयाँ खुलासा अनुसार करिष्माले उनका पति संजय कपूरले उनलाई सानो सानो कुरामा सधै दुर्व्यवहार र पिट्ने गरेका थिए। करिष्माले पिटाइको चोटलाई मेकअपको साहारामा लुकाउने गरेकी थिइन्।
त्यसैगरी ४ महिनाको छोरा बिरामी भएपछि पतिसँग बेलायत जानुपर्ने यात्रा स्थगित भएपछि उनका पति रिसाउँदै एक्ले बेलायत गएको पनि खुलेको छ। केहि समयपछि करिष्मा पनि बेलायत गइन तर त्यहाँ पनि संजयले उनलाई एक्लै छाडेर रात रातभर हराउने गरेको भारतीय संचार माध्यमले आफ्नो खबरमा लेखेका छन्।
हाल करिष्मा र उनका पतिबिच आरोप प्रत्यारोप चलिरहेको छ। संजयले केहिसमय अगाडी करिष्माले उनीबाट पैसाको लागि बिहे गरेको सम्मको आरोप पनि लगाएका थिए जसलाई करिष्माका बाबु रणधिर कपुरले ठाडै अस्विकार गरेका थिए।
उनीहरुबिच गत वर्षको नोभेम्बरमा सहमतिमा सम्बन्ध विच्छेद गर्ने भनिएको थियो तर अचानक करिष्माले सो सहमतिबाट आफ्नो मन्जुरी फिर्ता अचानक लिएकी थिइन्।