गुडमै छोडी निस्केकी थिए जुटाउन चारा तिमीलाई
धिक्कारछ सकिन पिलाउन दूधको धारा तिमीलाई
धिक्कारछ सकिन पिलाउन दूधको धारा तिमीलाई
निष्ठुरी थी आमा भनी कहिल्यै नसोच्नु छोरा तिमीले
भेटेर बताउनेछु मेरो त्यो बाध्यता सारा तिमीलाई
भेटेर बताउनेछु मेरो त्यो बाध्यता सारा तिमीलाई
सुन्दर भबिस्य दिन्छु भन्दा छुट्यो मातृ वात्सल्य
सायद लाग्न सक्छन यी बातहरु नारा तिमीलाई
सायद लाग्न सक्छन यी बातहरु नारा तिमीलाई
सामान्य जीवन दिएकैछु आफु अंगारमा जलेर यहाँ
नसके नि दिन टिपेर आकासको तारा तिमीलाई
नसके नि दिन टिपेर आकासको तारा तिमीलाई
कति दुख्छ मुटु पिडा हुन्छ अति सन्तानको वियोगमा
संगाल्दैछु देखाउन बगेका आसुँको रारा तिमीलाई
संगाल्दैछु देखाउन बगेका आसुँको रारा तिमीलाई
कल्पना पौडेल " जिज्ञासु "
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल