गजल ' By, मानन्धर अभागी
आश्चर्य ! वडो आश्चर्य किन मजवुर वनायौ
तिमीनै नभै नहुने आज आतुर वनायौ
भँवरा रैछौ तिमी त मज्जा लुट्नु लुट्यौ पछि
तिम्रो त्यो नजरवाट आज दुरदुर वनायौ
ईच्छा जो तिम्रो पूरा भो तिम्रो त्यो वहाना मात्र
हरेक वातमा तिमीले आज कसुर वनायौ
मेरै वारेमा तिमीले वजारमा कुरा काट्यौ
उल्टै मलाई खराव तिम्ले जरुर वनायौ
आश्चर्य ! वडो आश्चर्य किन मजवुर वनायौ
तिमीनै नभै नहुने आज आतुर वनायौ ।
~ © मानन्धर अभागी ।