काठमाडौं फागुन १३,
| फोटो फाइल; |
नेपालका ८१ प्रतिशत जवान महिला निकै खुसी हुने सर्वेक्षणले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०७१’ले यस्तो देखाएको हो ।
सर्वेक्षण अनुसार ८१ प्रतिशत महिलाले आफ्नो जीवनसँग सन्तुष्ट भएको बताएका थिए । यसैगरी सर्वेक्षणले १५ देखि १९ वर्ष उमेरका १९ प्रतिशत महिलाले परिवार नियोजनको साधनको प्रयोग नगर्ने गरेको देखाएको छ । साधन प्रयोग नगर्नेमा शैक्षिक स्तर उच्च रहेका महिला बढी छन् ।
यसैगरी १५ देखि ४९ वर्ष उमेर पुगेका र हालसालै विवाह गरेका ४७ प्रतिशत महिलाले परिवार नियोजनको कुनै एक आधुनिक साधन प्रयोग गर्ने गरेको देखाएको छ । २ प्रतिशत महिलाले भने गर्भ रोक्न ट्रेडिसनल (विर्य बाहिर झार्ने) बिधी अपनाउने गरेको सर्वेक्षणले देखाएको छ ।
२० देखि २४ वर्ष उमेरका ६ जना मध्ये एक महिलाले १८ वर्ष नपुग्दै बच्चा जन्माउने गरेको पनि सर्वेक्षणले देखाएको छ ।