कास्की, माघ २०,
राष्ट्रपति विद्यादेवि भण्डारीले भारतीय नाकाबन्दीले नेपालमा गम्भीर मानवीय संकट उत्पन्न भएको बताउनुभएको छ ।
पोखरामा भैरहेको विश्वशान्ति पूजामा सहभागि हुन बुधबार पोखरा आउनुभएकी भण्डारीले भूकम्प र पछिल्लो समयको नाकाबन्दीले नेपाली जनजीवन असहज, अशान्त र कष्टपूर्ण बनेको बताउनुभयो ।
उहाँले भगवान गौतम बुद्धको शिक्षा र विश्वशान्ति पूजाको सन्देशले समस्त मानव जातिमा सामाजिक सद्भाव तथा मैत्रीपूर्ण भावनाको सञ्चार हुनुको साथै शान्त, सहज र सुखद अवस्थाको सिर्जना हुने अपेक्षा ब्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले पोखरा वडा नम्बर १७ रातोपैरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रालय परिसरमा निर्माण गरिएको स्वर्गिय दावा नोर्बु शेर्पा, कुमार खड्ग बिक्रम शाह र डा. हर्क गुरुङको प्रतिमा अनावरण समेत गर्नुभएको छ । उहाँले संग्रालयको पनि अवलोकन गर्नुभयो । राष्ट्रपति भएपछि भण्डारी पहिलो पटक पोखरा आउनुभएको हो ।उज्यालो;