गज़ल By, कल्पना पौडेल ' जिज्ञासु '
हिमाल हाँसेको देखेर आकास खुलेको कति राम्रो
हिमचुलीको माथि माथि डाफे डुलेको कति राम्रो
पहाड देखि झर्छन् नदि बगाउँदै मलिलो माटो
तराईका फाँटमा पहेंलै धान झुलेको कति राम्रो
फरक भाषा , भेष तर एकै आमाका सन्तान हामी
भाइचारामा सद्भावको त्यो रंग घुलेको कति राम्रो
जोगाउँनुपर्छ मातृभूमि फुटेर होइन जुटेर भन्ने
मन मस्तिष्कमा सदबुद्दिलाई हुलेको कति राम्रो
विकासका मूल फुट्नेछन् बिश्वले चिन्नेछ नेपाल
गरिवका ति गाउँ बस्तीमा खुशी फुलेको कति राम्रो
कल्पना पौडेल ' जिज्ञासु '
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल