गजल By, मानन्धर अभागी
दिल तिम्ले दुखाउँदा छाती यो चर्केर
मन रोयो आँखाबाट आँशु यो दर्केर
भेट्नै हुन्न रिसाइ हाल्छौ राम्रो वोल्दा नि
के भएछ आजकाल झन् पो झर्केर
माया प्रेम संसारमा गल्ती जो भै हाल्छ
के नै ठूलो विराम थ्यो छाडी गयौ तर्केर
नयाँ साथी पायो भन्छ वजारमा हल्ला छ
ढुङ्गा हौ कि मान्छे तिमी आएनौ त फर्केर
दिल तिम्ले दुखाउँदा छाती यो चर्केर
मन रोयो आँखाबाट आँशु यो दर्केर ।