गजल By, कबिराज मगर
नफस्नु साथी अप्ठेरो हुन्छ बिदेसी बाटैमा
पसिना बगाई केही गरि देखाउँ स्वदेसी माटैमा ।
बिरामी पर्दा बिचरा भन्ने कोहि हुन्न पर्देशमा
जन्मेको ठाँउ मरौला त्यहीँ जलौला घाटैमा ।
नरोजौँ महल नदेखौँ सपना अर्का कै मलुकको
झुपडी भित्रै रमाउँला बरु साग सिस्नो आँटैमा ।
न चढौँ गाडी हिडौँला पैदल गाउँकै ती गोरेटो
सुन त हाम्रो पौरखले फल्छ के जान्छौ फाँटैमा ।
सताउँछन तिम्लाई पसिना चुसी अर्काको ठाँउमा
नजाउ बिदेस बिक्ने छौ तिमी बिदेसी हाटैमा ।।
नोट:-
हाट = बजार
कबिराज मगर
दिप्लुङ १ केरावारी
खोटाङ