गजल By, कबिराज मगर
तिम्ले चढ्ने मैले चढ्ने डोली फरक थियो
बिदाईको क्षण दुबैतिर बोली फरक थियो ।
मेरो लास र तिम्रो नयाँ जीवनको सुरुवातमा
पहिरिएको तिम्रो मेरो चोली फरक थियो ।
सजाएर लैजाने छन तिमिलाई र मलाई पनि
रँग एउटै छ तर रँगाईको होली फरक थियो ।
तारेर लगे खोली तिम्लाई मलाई पनि तारे तर
तिम्लाई तार्ने मलाई तार्ने खोली फरक थियो ।
तिमिलाई अनि मलाई बोकी दिए खाना पाना
खाना बोक्ने तिम्रो मेरो सोली फरक थियो ।
कबिराज मगर
दिप्लुङ १ केराबारी
खोटाङ