काठमाडौँ, १० माघ ,
राम्रो काम लगाइदिने भन्दै मानव बेचविखन तथा ओसार-पसारमा संलग्न नयाँबानेश्वरमा कम्पास मेनपावरका सञ्चालक सुवास थापामगरलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ .
स्याङ्जाकी एक युवतीलाई वैदेशिक रोजगारीका लागि मकाउस्थित कल्चर डान्समा पाँच हजार डलर तलबमा पुर्याउने भन्दै पर्यटक प्रवेषाज्ञामा मकाउ पठाई अन्य चिनीया व्यक्तिको घरमा लगी यौनशोषण गरी बेचेको भन्ने त्यहाँ रहेका नेपालीको उजुरीका आधारमा मेनपावर कम्पनीका सञ्चालक थापामगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मेनपावर कम्पनीका सञ्चालक थापामगरको मिलोमतोमा मकाउमा रहेका सुदर्शन थापामगर र लोकराज रावलले ती युवतीलाई बेचबिखन तथा यौनशोषण गरेका थिए । दैनिक नेपाल;