आकाश क्षितिज लिम्बु,
अन्ध बिश्वाशी समाजले धर्मको नाममा नारी माथि जबर जस्ती लादी दिएको सति
प्रथा सिगो नारी जातीहरुको निम्ती साच्ची नै पिडादायी थियो | जुन बेला
आफनो लोग्ने मरे पछी हर स्वास्नीले पतीको चिता माथी जलेर सति जानु पर्थ्यो |
यदी सती जान नमानेको खण्डमा जुन स्वास्नीलाइ समातेर जबर जस्ती बलेको
चितामा हालेर जलाइन्थ्यो |
आगोको राप सहन नसकेर चिताबाट यदी कोहि स्वास्नी
भाग्न खोजेको खण्डमा लखेटेर ढुगाले हानेर,लाठीले पिटर
भए पनि पुन समातेर चितामा निरही नारीलाई जिउदै जलांथ्यो | जिउदो नारी चिता
सगै जल्नु पर्दा आगोको राप सहन नसकेर उनीहरु चिच्याउदा जुन आवाजको चित्कार
अरुले नासुनुं भनेर ठुल ठुला बाजा गाजाहरु बजैन्थ्यो | यस्तो कु प्रथाको
कारण कती बाल बच्चाहरु टुहुरो,टुहुरी हुनु परेको थियो |
आगोले अलिकती
पोल्दा त कती दुख्छ भने जिउदै आगोमा जल्नुको पिडा सायद हामीले कल्पना सम्म
नि गर्न सक्दौना | ईतिहासको पानालाई पल्टाई हेर्दा पनि, एउटा लोग्ने मर्दा
दर्जनौ स्वास्निहरु चितामा जलेर सति गएको प्रमाणहरु भेट्टाउँन सक्छौ |
तेस्का केही ज्वालानता उदाहरण हरु :- वि.सं. १७४४ मा काठमाडौका राजा
पार्थिवेन्द्र मल्ल विष सेवन दुवारा मर्दा उनीसँग २४ वटी स्त्री सती गएका
थिए । त्यस्तै योगनरेन्द्र मल्ल मर्दा ३३ जना रानीहरु,प्रताप मल्लका ९ वटी
रानीहरु,नृपेन्द्र मल्लका ९ रानीहरु लगायत जुन काल खण्डमा थुप्रै
नारीहरुले सति गएर बलिदान दिएको ईतिहासको पानाहरुमा हामी भेट्टाउँन सक्छौ |
पछी बाट सदियौ देखि नारी माथी लादिएको सति प्रथाको अन्त्य १९७७ मा चन्द्र
सम्सेर राणाले गरे | तर दुख लाग्दो कुरा ति सति गएर प्राण त्यागेका
नारीहरुको सम्झनामा आज सम्म नत कुनै शोक नै गरियो नत सति प्रथाको अन्त्य
भएको दिन १९७७ आसाढ २५ गतेलाइ कसैले सम्झना नै गर्न सके | नारी मुक्ती र
परिवर्तनका निम्ति ठुल ठुला भाषण छाटदै हिडने बुझ्रुक ब्याक्तिहरुले पनि यस
सन्दर्भमा आवाज उठाईएको कहिँ कतै पनि पाईएन | नेपालमा प्रत्येक बर्ष मार्च
८ लाइ नारी दिवशको रुपमा मानेता पनि दुख लाग्दो कुरा नेपाल भित्रै बर्षौ
देखि नारीमाथि लादिएको कु प्रथा अन्त्य भएको दिन यानिकी महिलाले मुक्ति
पाएको दिन असार २५ लाइ सम्झिन सकी रहेका छैनौ |
जुन दुखद कुरो हो | बर्तमान
परिपेक्ष्यमा सती प्रथा,सुसारे प्रथाहरुको अन्त्य भएर गएता पनि नारी
माथिको अन्याय, अत्याचार र दमनको भने अझै पनि अन्त्य भएको छैन | अझै पनि
अन्ध बिश्वाशी समाज अनि पितृ सतात्मक राज्य शताले नारी जातीहरु माथी दाइजो
प्रथा, देउकी प्रथा .कुमारी प्रथा,कमलरी प्रथा, बिधुवा प्रथा, बाल बिवाह
प्रथा,छाउपाडी प्रथा,बोक्सी प्रथा,भाउजुलाई श्रीमती बनाउने प्रथा जस्ता कु
-प्रथाहरु लादेर नारी माथी हिँसा र सोषण हाम्रै समाजहरु बाट भई नै रहेको छ
| यहा सम्म की नारीहरु आमाको गर्व भित्रै असुरक्षित छन् | जुन बेला सती त
एकै पटक आगोमा जल्थे तर यस्ता सामाजिक कु प्रथा र बिकृतिको कारण आज नारीहरु
जीवनमा पटक पटक जल्नु परेक्को छ |
जब सम्म यस्ता अन्धबिस्वाशी समाजले
नारी हरु माथी जबर जस्ती लादिएका कु प्रथाहरुको अन्त्य हुन् सक्दैन अनि
स्वायम नारीहरु बन्द पर्खाल भित्रको चार किल्लालाई तोडेर बाहिर आउँन
सक्दैनन् तब सम्म नारि मुक्ति र परिवर्तनका बाटाहरु सम्भव छैन | जसरी
अहिले आएर सति प्रथा,सुसारे प्रथा जस्ता कु प्रथाहरुको उन्मुलन भयो त्यसरी
नै नारी माथि लादिएका यस्ता सबै कु प्रथाको अन्त्य हुन् जरुरी छ | तब मात्र
नारी मुक्ती र परिवर्तनका बाटाहरु सम्भव छ |