एजेन्सी माघ १५,
पछिल्ला समयमा अमेरिकी मुलुकहरुमा देखिएको जिका भाइरसले महामारीको रुप लिन सक्ने चेतावनी अमेरिकी स्वास्थ्य वैज्ञानिकले विश्व स्वास्थ्य संगठनलाई दिएका छन् ।
यस रोगले निकट भविष्यमै विश्वभर बिस्फोटक महामारीको रुप लिन सक्ने उनीहरुले चेतावनी दिएका हुन । एउटा अमेरिकाको स्वाथ्यसम्बन्धि जर्नलमा लेख्दै इबोला महामारीबाट पाठ लिन र रोग विज्ञहरुको आपतकालिन वैठक बोलाउन आव्हान गरेका हुन् ।
जिका भाइरसबिरुद्धको खोप परीक्षण गर्न दुई वर्ष लाग्ने समेत बताएका छन् । बालबालिकाको कमजोर मष्तिष्कसँग सम्बन्धित जिकाले ब्राजिलमा भने त्रास ल्याएको छ । ब्राजिलमा हजारौं मानिस यस संक्रमणबाट प्रभावित भएको र अहिलेसम्म २० मुलुकमा फैलिएको बताइएको छ ।
जिकाबिरुद्ध लड्न ल्याटिन अमेरिकी मुलुक एक जुट हुनुपर्ने ब्राजिलकी राष्ट्रपति डिल्मा रुसफले बताएकी छिन् । रोगबारे ज्ञानको आदान प्रदान गर्नु महत्वपूर्ण भएको राष्ट्रपति रुसेफले इक्वेडरमा आयोजित एक सम्मेलनमा बताइन् । आगामी साता जिका भाइरसलाई मध्य नजर राख्दै क्षेत्रीय स्वास्थ्यमन्त्रीहरुको वैठक बस्दैछ ।
पछिल्ला समयमा अमेरिकी मुलुकहरुमा देखिएको जिका भाइरसले महामारीको रुप लिन सक्ने चेतावनी अमेरिकी स्वास्थ्य वैज्ञानिकले विश्व स्वास्थ्य संगठनलाई दिएका छन् ।
| तस्वीर सौजन्य न्युर्योक टाइम्स |