( जीवन कथा )
आदरणीय आमा म छोरिको तर्फ बाट सादर नमस्कार !
आमा म आरामै छु त्यहाँ हजुरहरुलाई के कस्तो छ !
म शुखी छु भन्न त सक्दिन आमा तर दुख को कुरा पनि भन्न सक्तिन । हजुरहरुको आशिर्वाद, माया, प्रेम र स्नेहले र इश्वरको कृपाले कुशल छु आमा यो परदेशमा ।
आमा र बाबा को अनि भाइ र बैनी को यादले धेरै आउँछ आमा । साहुको ऋणले सात समुन्द्र पारि पुर्यायो आमा । आमा म रुदा रुदै बिदेश आइपुगेछु , आमा आँशु नसुक्दो रहेछ रोएर । त्यहि आँशु नसुक्दै घर परिवार को सम्झनाले धेरै सताउछ । फर्केर आउँन पनि सक्दिन टाउको भरि साहुको ऋण छ । तर घरको याद ले भने धेरै सताउछ ।
यस बिरानो देशमा काम गरेर थाकेको ज्यान लिएर सुत्छु, राती सपनामा प्यारो बालबच्चा देख्दा झसङ्ग ब्युँझंछु । यसरी ब्युँझन्दा गह भरि आँशु बग्छन् , थामिदैनन । बरु आफ्नै देशमा ढिडो, सिस्नु , रोटि खाएर घाँस दाउरा गरेकै बेस । त्यो पहाडी पाखामा कतिञ्जेल होला हे मेरी आमा यो आँशु हामी गरिबीको आँखामा । घाँस दौरा गरि हिड्ने अनि भदौरे झरीमा गुन्रुके पाखा खुशिले आँखा आमाको काख हासेर मिठो आटो र पिठो खानु हुन्थियो नी आमा कति मिठोगरि ।
बिदेश भुमी संसार घुमि , अन्लाइन नेटमा कसैलाइ बिस्वा गर्नै हुन्न पोहिलो भेटमा कसैको धर्म छैन आमा निष्ठुरि पेटमा , पोहिलो भेटमा निष्ठुरि पेटमा । अर्काको देश अर्काकै भेष नुवाको केश अरुलाइ बिस्वान गर्नलाई आमा हुदैन बेश हुदैन बेश । मुखले ठीक्क कामले दिक्क गर्दछ्न आमा कोहि छैन । आमा यो बिरानो देश्मा आफ्न्त भन्ने, सबै रैछन आम रुपिया गन्ने, कस्ले कस्लाइ कठैभन्ने आमा कस्ले कस्लाइ कठैभन्ने ।
साथी र भाइ सबै अनलाइन नेटमा व्यस्त हुन्छन् । मनको कुरा भनुम भन्दा कसैले बुझ्दैनन् । खै कस्ले बुजे छ मनको कुरा निस्कनखोज्छ अडकन्छ गलामा । कस्को दुख कस्ले बज्छ यो विरानो देशमा ! अरुको नमिठो बचन मुटुमा बिज्दछ रातभरी रुदा तकिया भिज्दछ आमा तकिया भिज्दछ !
छोरी को गन्थन शुनेर आमा नरुनु होला फर्केर आउने छु । व्यबहार मिलाइ नलाउनु आमा फाटेको त्यो चोली कुम्कुममा शिलाइ, फर्केर आउनेछु आमा व्यबहार मिलाइ !!
गहमा आँसु कसरी हाँसु यो बिदेशी भुमिमा ! आमा यो बिदेशी भुमिमा हाँसेर कसरी बस्नु मन भरि पिडा बोकेर । आमा सत्रुछ्न साथमा फर्केर आउन एक्पैसा छैन आफ्नु हातमा आमा आफ्नु हातमा,, ।
धेरै खर्चलाग्दछ हवाईजहाजमा उडी आउने बाटामा आमा । उडी आउने बाटामा आमा !! छोरी को पत्र पढेर नरुनु आमा छोरिको गन्थन सुनेर बस्नु है आमा । छोरी आउने सपना बुनेर आमा फुल माला उनेर आमा फुल्माला उनेर !! नरुनु होलाला हेमेरी आमा छोरिको यो दु:ख सुनेर आमा यो दु:ख शुनेर!!
हस्त आमा आजलाइ बिदा हुन्छु उही हजुरकि दुखी छोरी
इन्दिराअधिकरी
इटहरी २ आपगाछि
हाल इज़रायल