आइतबार पुस १९,
चिसोले कठ्याङ्ग्रिएर आरुआर्वाङ गाविस – १ बराम गाउँका एक वृद्धको मृत्यु भएको छ । भूकम्पपछि अस्थायी टहरोमा बस्दै आएका ६५ वर्षीय लालबहादुर बरामको आज बिहान मृत्यु भएको हो ।
स्थानीय शिक्षक टेकराज भट्टका अनुसार टहरोमा एक्लै बस्दैआएका बराम बिहान मृतावस्थामा भेटिएका हुन् । चिसो बढेपछि उत्तरी गोरखाका भूकम्पपीडित समस्यामा छन् ।
निरन्तर तुषारो परेपछि बारपाक, लाप्राक, सौरपानी, स्वाँरा, घ्याल्चोक, गुम्दा, लापु, उहिया, कासीगाउँ, केरौंजा र सिर्दिवासलगायत क्षेत्रका भूकम्पपीडित बिरामी परेका छन् । चिसोले गर्दा निमोनिया, रुघाखोकी जस्ता बिरामी बढे पनि भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा औषधिको अभाव छ ।
राहतमा आएको औषधिले अहिलेसम्म धाने पनि अस्पताल र स्वास्थ्य संस्थामा औषधिको अभाव चुलिँदै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीका अनुसार ज्वरो निको पार्ने एन्टिबायोटिक तथा पेट दुखेको निको पार्ने औषधि डाइजिनको समेत अभाव भएको छ । रासस: