काठमाडौं, १७ माघ ,
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अध्यक्षको उम्मेदवारमा नविना लामा छनोट भएकी छिन् ।
उनी नेकपा एमालेको संस्थापन पक्षबाट २२ महाधिवेशनका लागि अनेरास्ववियुको भावी अध्यक्षमा लड्ने पक्का भएको हो ।
अध्यक्ष केपी शर्मा ओली पक्षले लामालाई उम्मेदवारमा छनोट गरेको हो । ओली पक्षको छनोट समितिमा एमाले पोलिट्ब्यूरो सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज भानुभक्त ढकाल, पूर्वअध्यक्षहरु खिमलाल भट्टराई, माधव ढुंगेल र किशोरविक्रम मल्ल रहेका थिए ।
अध्यक्षको उम्मेदवारको दौडमा रहेका अर्का अनेरास्ववियु नेता ऐन महरलाई पछि पार्दै नविना छनोटमा परेकी हुन् । नविनालाई अध्यक्षमा टुंगो लगाएपछि ओली पक्षले आजै उनको प्यानलनका पदाधिकारीका उम्मेदवारको अल्फाबिटा हाउसबाट घोषणा गर्दैछ ।
यता माधव नेपाल पक्षबाट भने अध्यक्षको उम्मेदवारमा दीपक गौतम छनोट भइसकेका छन् ।दैनिक नेपाल;