यहाँ ५७ प्रतिशत नागरिकले आयोडिनयुक्त नुन प्रयोग नगर्ने गरेको पाइएको छ ।
भौगोलिक विकटता, जनचेतनाको अभाव, आयोडिनयुक्त नुन केही महँगो हुनाले पनि आयोडिनयुक्त नुनको प्रयोग बढ्न नसकेको म्याक्स प्रोका जिल्ला संयोजक राजन पुडासैनी बताउनुभयो । उहाँले भन्नुभयो, “दुई बालबालिकाको चिह्न नभएको प्याकेटको नुन तथा ढिके नुनको प्रयोगले बालबालिका र महिलामा प्रत्यक्ष असर पार्ने गरेको छ ।”गर्भवतीलाई आयोडिन नपुगे शिशुलाई समेत प्रतिकूल असर पुग्नाका साथै शिशु लाटो, लठेब्रो र सुस्तमनस्थिति, होचो पुड्को हुने खतरा देखिएको संयोजक पुडासैनीले बताउनुभयो । आयोडिनयुक्त नुनको कमीले बयस्क अवस्थामा मानिसमा थाइरायड हर्मोनको कमी भई गलगाँडसमेत हुने उहाँको भनाइ छ । रासस