गजल By, मानन्धर अभागी
पायो चोटै चोट पायो खै के पो विराएँ
पहिलो पहिलो भेट त्यो याद दिलाएँ
फूटेको यो कस्तो कर्म बुझेन उस्ले मेरो मर्म
भुल भयो माया लाएरै जिन्दगी यो गुमाएँ
आज फेरि किन किन उसैको याद आयो
त्यही यादले सताउँदा परेलाहरू भिजाएँ
तिम्ले साथ दिन छाड्यौ मैले के पाएँ के दिएँ
तुच्छ यो जिन्दगी रातो रगतले रङ्गाएँ
आफूलाई भन्दा पनि वढी माया गरेकै थेँ
त्यो मायाको चिनो मृत्यु यही उपहार पाएँ ।
मानन्धर अभागी