गज़ल By, कोमल भट्ट
दुखे देश के भो,तिमी चम्किदेऊ
सधैँ नाथ पुज्दै,सुरा छम्किदेऊ ll
उनै अन्नदाता,चलाऊ सवारी
समाएर पङ्खा,उतै हम्किदेऊ ll
सफा राख बाटो,हटाएर मैला
लखेटेर यात्री,तिमी गम्किदेऊ ll
किनारा लगाऊ,भयो जो बिरोधी
नमाने तुरुन्तै,कडा धम्किदेऊ ll
छ आदेश जे जे,नटारे कदापि
जता भो इशारा,त्यतै लम्किदेऊ ll
भयो देश तिम्रै,बपौती सरीको
हकारेर सारा,तिमी बम्किदेऊ ll
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क