' गीत '
एक्लै हुँदा सधैंभरि तिम्रो मात्र साथ थियो
तिमीलाई भेट्नु पनि ईश्वरकै हात थियो ।
आफ्नै सम्झी मनको कुरा खोलें तिमीसँग
मेरा सारा रहरहरू बोले तिमीसँग
जून तारा चम्किरहे जुनेलीको रात थियो
बाँसुरीको धुनसरि तिम्रो मिठो बात थियो !
सुस्तरी नै बोल्थ्यौ तिमी पराइको डर थियो
मलाई भने संसारमा तिम्रो मात्र भर थियो
काँडा बिझे मनभरी तिम्रै हातले उखलिन्थ्यो
मन भिजे पहिरो गई तिम्रै प्रीतले पखालिन्थ्यो ।
भगवती अब्स्नेट
इज़रायल ;