जिज्ञासुका - मुक्तकहरु
१ = उदार सोँचमा सदा हुन्छ झेल जिन्दगीमा
कहिले सम्म खेलौं हार्दै खेल जिन्दगीमा
चाहनाको बली चडाई बित्यो उमेर प्रवासमै
बगिरहन्छन आसुँका यी भेल जिन्दगीमा
२
जन्मे देखि पाइन सुख फुटेको भाग्य मेरो
कर्म लेख्दा विधाताले छुटेको भाग्य मेरो
पोखिएछन् खुसी सबै अल्झिएर मझधारमा
समयको परिवेशले लुटेको भाग्य मेरो
३
अहंकार त्यो अभिमान घटाइदेउ न छिमेकी
अब छिट्टै नाकाबन्दी हटाइदेउ न छिमेकी
धेरै दुख पाएका छन् नेपाली ति जनताले
इन्धनका गाडीहरु पठाइदेउ न छिमेकी
कल्पना पौडेल " जिज्ञासु '
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल