कविता ''खाँदि खाँदि मन्त्री थप्ने''
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस
यो कस्तो खाँदि खाँदि मन्त्री थप्ने
नशा लाग्यो सरकार
चिसोमा सुत्ने भूकम्प पीडितलाई
दश लाग्यो सरकार
मंत्रालयले मात्र जरा फैलाइरह्यो
दु:खे जनता बिचरा अभावमा बाँचिरहे
देशमा कालोबजारी मौलाइरह्यो
एक दुई सिटेको निम्ति मंत्रालय भाँचिरहे
काम गर्न होइन शानको लागि भए मंत्री
उन्का नातागोता र आफन्त मात्र कति
न्यायको निम्ति लड्ने र मंत्रीका केही नपर्ने
कष्टकर जीवन बिताउने जनताको दुर्गति
पेट्रोल र ग्याँसको चरम अभाव हरिविजोग
बचेका रूख पनि काटि देशको माटो बाढीमा
सर्वसाधारण चाहीँ दाउरा बालि महंगीको मारमा
मंत्रीकै हालिमुहाली सररर आसेपासेसंग गाडीमा