गजल By, कबिराज मगर
जिन्दगीमा पिरतीले साथ पनि दियो
लड्दा खेरी समाउने हात पनि दियो ।
कैले काहिँ रमाएर खुशी हुँदा खेरी
उमङ्गले भरिएको मात पनि दियो ।
हाम्रो बिछोड हुदा खेरि एक्लै भएको छु
त्यसैले पीडाहरुको खात पनि दियो ।
मेरो जिन्दगी घर न घाटको भएपछी
पिरथिले धोकेवाजको जात पनि दियो ।
सजाएर मुटु भित्रै राख्नु खोजें पनि
निष्ठुरीले घात गरि लात पनि दियो ।।
कबिराज मगर
दिप्लुङ १ केरावारी
खोटाङ