गोरखा, १० मङ्सिर ,
गोरखाको सिम्जुङ–९ बालुवामा रहेको प्रसूति गृहमा सोलार प्यानल जडान गरिएको छ । विद्युत् अनियमितता हुँदा प्रसूति सेवा प्रवाहमा समस्या भएपछि सौर्य ऊर्जाबाट बत्ति बालिएको हो ।
स्वीस ट्रफिकल एण्ड पब्लिक हेल्थ इन्ष्टिच्युटको आर्थिक सहयोगमा नेपाल जनस्वास्थ्य सङ्घले आज सोलार प्यानल जडान गरेको हो । रु चार लाख ५० हजार खर्च गरेर गृहमा प्यानल जडान गरिएको जनस्वास्थ्य सङ्घका महासचिव सलाउद्दिन मियाँले बताउनुभयो ।
भूकम्पले क्षति पु¥याएको प्रसूति गृह मर्मत गरी सञ्चालनमा ल्याइएको छ । दश ओटा बत्ति, कम्प्युटर, फ्रिजलगायत सामग्री सौर्य ऊर्जाबाट सञ्चालन हुनेछ । सो प्रसूति गृहबाट मुच्चोक, सिम्जुङ, घ्याल्चोक र सौरपानी क्षेत्रका महिला लाभान्वित भइआइका छन् । रासस ;