तेल अभिव (इज़रायल) मङ्सिर ०७,
सत्यसाई केन्द्र इजरायलको आयोजनामा भगवान श्री सत्यसाई बाबाको ९० औं शुभ जन्मोत्सव बिशेष कार्यक्रम सहित सम्पन्न भएको छ ! इजरायलमा कार्यरत नेपालीहरुको एक मात्र धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको श्री सत्यसाई केन्द्रद्वारा भगवान बाबाको ९० औं शुभ जन्मोत्सव भव्यताका साथ सम्पन्न भएको हो !
सामुहिक रुपमा तीन पटक ओम् कार र पाँच पटक गायत्री मन्त्र वाचन लगत्तै एन आर एन ए इजरायलका अध्यक्ष दिपक ओली र श्री सत्यसाई अन्तराष्ट्रिय हाईफा केन्द्रका संयोजक क्रिष्टल लिओनेद्वारा दिप प्रज्वलन गरि कार्यक्रमको सुरुवात गरिएको थियो ! इजरायलका लागि महामहिम राजदुत श्री प्रलाद कुमार प्रसाईंको बिशेष आथित्यमा सो शुभ जन्मोत्सव कार्यक्रम सम्पन्न भएको हो ! दुतावासका उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल , यु एन प्रतिनिधि डा. ध्रुब कोईरालाको समेत बिशेष उपस्थिति रहेको उक्त कार्यक्रममा अन्तराष्ट्रिय हाइफा केन्द्रका साईरामहरु, संघ संस्थाका प्रतिनिधि साथै इजरायलमा कार्यरत धार्मिक आस्थावान साई भक्त दाजुभाई तथा दिदीबैनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो !
बिगत २००६ मा स्थापना भएको श्री सत्यसाई केन्द्रका वर्तमान अध्यक्ष सुश्री नेहा गुरुङ साईरामले संचालन गर्नु भएको उक्त कार्यक्रममा आध्यात्मिक संयोजक परि डाँगीले स्वागत मन्तब्य राख्नु भएको थियो ! उक्त कार्यक्रमलाई दूई चरणमा बिभाजन गरिएको थियो ! पहिलो चरणमा भजन अन्तर्गत , पर्ने गुरुङ , तारा अधिकारी , स्लाभा साईराम ,उमा श्रेष्ठ , पुष्पा साईराम , राममाया साईराम , प्रमेश साईराम --ओरा साईराम , कल्पना न्यौपाने , नेहा गुरुङ साईराम , रश्मी घिमिरे , रोनित साईराम , कृष्ण अधिकारी , चन्दा गौतम , मिना बास्कोटा थापाको सहभागिता रहेको थियो ! अत्यन्तै हर्ष उमंगका साथ ''तेरे जन्म दिनमे साई तुझे कोटी प्रणाम '' भजन कर्ण गुन्जनका बीच महामहिम राजदुत प्रलाद कुमार प्रसाईंद्वारा भगवान बाबाको जन्मोत्सव केक काटीएको थियो ! दोस्रो चरणमा मन्तब्यका क्रममा हाईफाका संयोजक र कार्यक्रम संचालिका नेहा साईरामद्वारा यस कलि यूगमा सत्यसाई बाबाको अबतार , आध्यात्मिक दर्शन , प्रभाब र जन्मोत्सव संदेशका बारेमा प्रष्ट पार्नु भएको थियो ! महामहिम राजदूत प्रलाद कुमार प्रसाईंद्वारा भगवान बाबाका संदेशहरु पालना गर्न सके मानव जीवन सार्थक रहने विश्वास व्यक्त गर्नु हुँदै कार्यक्रम आयोजना गरेकोमा सत्यसाई केन्द्र इजरायललाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो !
अन्त्यमा महामहिम राजदुत , युन एन प्रतिनिधि डा. ध्रुब कोइराला , हाईफा केन्द्रका रोनित साईराम ,उपनियोग प्रमुख धर्म पत्नी लक्ष्मी दाहालद्वारा एक साथ आरति गरिएको थियो ! सत्यसाई केन्द्रकि अध्यक्ष नेहा साईरामले कार्यक्रम सफल बनाउन बिभिन्न माध्यमबाट सहयोग पुर्याउने सम्पूर्ण साई भक्तजन साथै उपस्थित सम्पूर्णमा सधन्याबाद हार्दिक आभार व्यक्त गर्नु हुँदै प्रसाद वितरण पश्च्यात कार्यक्रम समापन भएको थियो !