बिजय थापा ,वाशिंगटन डिसी असोज १८,
अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको वालड्रोफमा अक्टोबर ३ तारिख शनिबार भएको खेलमा भूतपूर्व शितेरियो खेलाडी उज्ज्वल ठकुरीले फेरी अर्को किर्तिमान कायम गर्न सफल भएका छन् ।
उक्त खेलमा दुई छुट्टा छुट्टै ४० देखि ४५ बर्ष तथा ३० देखि ४० बर्षका उमेरको ३ तीन मिनेट अंक (पोइन्ट) प्रतिस्प्रधामा दुवै खेलमा स्वर्ण पदक हासिल गरेका छन् ।
स्वर्ण पदक बिजेता ठकुरी भन्छन मार्सल आर्ट्स खेल ४० बर्ष नाघे पछि अधिकांशले अवकास लिने गर्दछन । तर नेपाली मुलका ठकुरी भन्छन सुन लाई जति पिट्यो त्यति नै चम्किने हुन्छ भन्दै मानिसको शरीरलाई जति कसरत गर्यो त्यतिनै बलियो हुने रहेछ ।
यसले गर्दा अन्त्य सम्म पनि खेल खेल्न सकिने आफुलाई लागेको बताए l तर खेलको लागि घर बाट प्रोत्साहन हुनु जरुरि छ भन्दै पत्नी,छोरी तथा आफ्ना साथीभाईले पनि धेरै प्रोत्साहन गरेकोमा देशको नाम राख्न पाएकोमा हर्ष व्यक्त गरेका छन् ।
आजसम्म ठकुरीले ७ खेलमा ५ स्वर्ण १ रजत तथा १ कास्य पदक जितेका छन् । गत शनिबार भएको खेलमा दुई वटा स्वर्ण जिती नेपालको झन्डा छत्तीमा राखी तथा विश्व प्रख्यात ग्रान्ड मास्टर (डेनिस ब्राउन) संग अगालो हाली दुवै पदक समाउन पाउदा आफु नेपालमा जन्म लिएकोमा धेरै भाग्यमानी भएको बताए ।
ठकुरीले अमेरिकामा बसेर खेलको किर्तिमान गरि नेपाल देशको प्रत्येक नबयुबकहरुलाई खेलकुद प्रति जागृत गराउन ,खेलकुद प्रति सद्भावना तथा आकर्षण गराउन सक्ने जत्ति बाटो अपनाउने कुरा राखेका छन् । खेलकुदमा संलग्न हुन् र पदक जित्न उमेर संग कुनै सम्बन्ध नहुने कुरा प्रमाणित भएको कुरा ब्यक्त गरेका छन् ।
उनको मुख्य उदेश्य युवाहरु राजनीतिमा नगएर खेलमा परिचालन हुने हो भने ढिलो या चाडो उनीहरुको भबिस्य आफ्नो जस्तो हुनमा केहि कमि रहन्न भनेका छन् । आफुपूर्ण रुपमा खेलाडी भएर बसेमा भाग्यले एक न एकदिन सफलताको बाटो चाही अबस्य चुम्ने छ भनि ठकुरी बताउदछ्न ।