पर्सा असोज २१,
आन्दोलनकारीले वीरगन्जको नगवामा एउटा एम्बुलेन्समा आगो लगाएका छन् । भरतपुरबाट बिरामी बोकी वीरगन्ज आएको ना२च ७५८६ नम्बरको एम्बुलेन्समा राति ८ः३० बजेको समयमा आन्दोलनकारीले आगजनी गरेका हुन् ।
भरतपुर अस्पताल विकास समितिले सञ्चालन गरेको निजी नम्बरको उक्त एम्बुलेन्समा आन्दोलनकारीले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए । उनले वीरगन्ज आएको मौका छोपी अस्पतालका लागि केही औषधि लैजाँदै गरेको एम्बुलेन्सलाई स्थानीय प्रदर्शनकारीले नियन्त्रणमा लिई चालकलाई बाहिर निकाली आगजनी गरेको बताए ।
आगजनीबाट एम्बुलेन्स पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा आगजनी गर्ने व्यक्तिको पहिचान भइसकेकाले केही दिनभित्रै उनलाई नियन्त्रणमा लिई मुद्दा चलाइने नायब उपरीक्षक बोगटीले जानकारी दिए । रासस;