चितवन १६ असोज ,
होमनाथ सापकोटा : सौराहा सामुदायिक पुस्तकालयले चितवनका क्रियाशिल पत्रकार होमनाथ सापकोटालाई सम्मान गरेको छ । पत्रकारिता मार्फत पुस्तकालयको विकासमा भूमिका खेलेको भन्दै पुस्तकालयको दोश्रो साधरण सभा तथा अधिवेशनमा शनिवार पत्रकार सापकोटालाई सम्मना गरिएको हो ।
नेपाल पुस्तकालय संघका निर्वतमान अध्यक्ष तथा रिड नेपालका सल्लाहाकार बासु ढुंगाना र पुस्तकालयका उपाध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले सापकोटालाई कलम,डायरी र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
विगत १३ बर्ष देखि पत्रकारितामा क्रियाशिल सापकोटा पत्रकार महासंघ चितवनका कोषाध्यक्ष,पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष तथा चितवन पोष्ट दैनिकका संवाददाता हुन ।
कार्यक्रममा पुस्तकालयवाट नियमित पुस्तक लगेर अध्ययन गर्ने स्थानीय लेखनाथ सापकोटा,शान्ति पौडेल,ममता अधिकारी, विनोद प्रसाद पौडेललाई पुरस्कृत गरिएको थियो ।