जाजरकोट असोज १६,
यहाँका विद्यालयमा मदिरा सेवन र सुर्तीजन्य पदार्थ बिक्री वितरण बढेको भन्दै जिल्ला शिक्षा कार्यालयले यस्ता कार्य रोक्न चेतावनी दिएको छ ।
जिल्लाका अधिकांश विद्यालयमा नियमविपरीत सुर्तीजन्य पदार्थ, मदिरा बिक्री तथा सेवन गर्ने कार्य रोक्न गरिएको परिपत्रलाई कार्यन्वायन नगरेको भन्दै जिल्ला शिक्षा कार्यालयले चेतावनी दिएको हो ।
विद्यालयमा मदिरा सेवन गरेर पठनपाठन गर्ने, विद्यार्थीलाई सुर्तीजन्य पदार्थ किन्न लगाउने कार्य अत्यधिक बढेको छ । जिल्ला शिक्षा कार्यालयका केही स्रोत व्यक्तिसमेत मदिरा सेवन गरी विद्यालय अनुगमनमा जाने गरेका छन् ।
यस्ता कार्य रोक्न जिल्ला शिक्षा समितिमा निर्णय नै गराएर आफूहरु लागेको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले जानकारी दिए । कार्यालयले शुक्रबार पूरै दिन पढाउनसमेत अनुरोध गरेको छ ।
शुक्रबार पूरै नपठाउने र सुर्तीजन्य पदार्थ सेवन बिक्री वितरण गरेको पाइएमा जिल्ला शिक्षा कार्यालयमा खबर गर्न सर्वसाधारणलाई कार्यालयले अनुरोध छ । रासस :