पाल्पा भदौ २४,
एचआइभी एड्सबाट सङ्क्रमित हुनेको सङ्ख्या पाल्पामा दुई सय ४० पुगेको छ । जिल्लामा आव २०७०÷७१ मा ८६ एचआइभी÷एड्सबाट संक्रमित भएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीका अनुसार एचआइभी÷एड्सबाट सङ्क्रमित आमाबाबुबाट जन्मेका शिशु एचआइभी सङ्क्रमित हुने डरसमेत बढ्दो छ ।
यसको रोकथाम तथा नियन्त्रण गर्न सरकारी, गैरसरकारी संस्था, निजी एवम् अन्य क्षेत्रबाट केन्द्रदेखि जिल्ला तहसम्म विभिन्न कार्यक्रम सञ्चालन हुनुपर्ने समितिका सदस्यसचिवसमेत रहेका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्र घिमिरेले बताए ।
एचआइभी÷एड्स तथा यौन रोगको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न चिकित्सा सेवाको अतिरिक्त सूचना, शिक्षा र आमसञ्चारमाध्यमलाई अझ बढी प्रभावकारी बनाउने उनले बताए। रासस