गजल By, कबिराज मगर
जब आफ्नै जिबन बाट आफै हारे हजुर
त्यसैले त आफैबाट उनलाई एक्लै पारे हजुर ।।
कैयौ दु:ख भुलीसके सुख खोज्दै जिन्दगीमा
आशा छैन अब बाकी जीवनलाई मारे हजुर।।
जिन्दगी नै खिई सक्यो डुङगाको त्यो बहाना झै
सम्झिएर उनिलाई कति आँशु झारे हजुर ।।
दु:ख थियो सुखि सपना सजाएर उनिसँग
भाग्य खोज्दै मरुभुमी आफैलाई सारे हजुर ।।
कबिराज मगर
दिप्लुङ १ केराबारी
खोटाङ