गजल By, कबिराज मगर
नदी छाडी सागर पनि तरु जस्तो लाग्छ
रँङ्गाएर तिम्रो सिउँदो भरु जस्तो लाग्छ।।
झरना झै कालो केश चन्द्रमा झै रूपवती
सुटुक्क तिम्रो दिलमा सरु जस्तो लाग्छ।।
लजालु छन आखाँ अनि मन्द मुस्काउने
तिम्रो मुहार सधै भरी हेरु जस्तो लाग्छ।।
चौवन्दी र फरीयामा सजाएर उनीलाई
सातौ जन्म अँगालोमा बेरु जस्तो लाग्छ।।
कबिराज मगर
दिप्लुङ १ केरावारी
खोटाङ