विजय थापा ,वाशिंगटन डिसी असोज ७,
नेपाली महिला विश्व सञ्जाल एनडब्लुजीएन क्यालिफोर्निया शाखा(च्याप्टर)को आगामी २०१५–१६ कार्यकालको लागि गीता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भई यहिँ सेप्टेम्बर १९, २०१५ का दिन पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
नवनियुक्त समितिमा अध्यक्ष गीता श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष संगीतागुरुङ, उपाध्यक्ष अप्सरा खड्का सिजापति, महासचिव बिष्णु सुबेदी, सचिवअनिता सिग्देल, कोषाध्यक्ष लक्ष्मी खरेल थापा एवं सदस्याहरुमा सुनिता भण्डारी थापा, गीता डंगोल, बिन्दु सापकोटा, सुनिता सापकोटा, पार्वतीलामा, बिष्णु घले, मनोहरा थापा बोगटी, तारा पौडेल चालिसे, शोभा थापा,प्रिस्कीला प्रधान दाहाल र संगीता शर्मा गुरुङ निर्वाचित भएका छन् l
त्यस्तै सल्लहाकार समितिमा संस्थापक अध्यक्ष बिष्णु गुरुङ "एकता" सिड्नी साउबर, डा. विद्या रन्जीत, शिला थापा, लक्ष्मी चौधरी, कमला प्याकुरेल तथा रिता प्रधान हुनुहुन्छ।
नवनिर्बाचित अध्यक्ष गीता श्रेष्ठ तथा सम्पूर्ण पदाधिकारीलाई लाई बधाई साथै कार्यकाल सुखद एवं सफल रहोस भनि संस्थापक बिष्णु गुरुङ एकता तथा अन्य सुभ चिन्तकले शुभकामना दिएका छन् .